मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्काशन

54

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ ।

मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, पार्टीका पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफलहरु भयो । पार्टीको अनुसाशान आयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफरिसको आधारमा समेत नरहने गरी पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्काशन गरेका छौँ ।’

पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको झाले बताउनुभयो ।

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...