चलचित्र काँडेतार राष्ट्रवादी धारमा बनेको छः भीम रावल [भिडिओ]

50

काठमाडौँ, १९ साउन । चलचित्र काँडेतार पुनः प्रदर्शनमा आउने भएको छ । शनिबार काठमाडौँमा एक समारोहबीच निर्माण पक्षले चलचित्र पुनः हलमा ल्याउन लागेको जनाएको हो ।

अभिनेता नवल खड्काकै निर्देशन एवम् शिवम अधिकारी र खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

काँडेतारमा खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया र सनया खड्कालगायतको अभिनय छ ।

यसैबीच नेकपा (एमाले)का नेता डा.भीम रावलले फिल्म राष्ट्रवादी धारमा निर्माण भएको बताउनुभएको छ । उहाँले चलचित्रले कतिपय कुराहरुलाई साङ्केतिक रुपमा सफलतापूर्वक प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, यो देशभक्तिपूर्ण चलचित्र निमार्णका लागि नवल खड्का र सम्पूर्ण टिमलाई बधाई दिन्छु । नेपाल कहिले कसैको अधिनमा रहेन । स्वतन्त्र नेपाल अन्तर्राष्ट्रिय कानुनबमोजिम सिमानालाई नियमन गर्नुपर्ने हो त्यो गर्न सकिएको छैन । चलचित्रले कतिपय कुराहरुलाई साङ्केतिक, प्रतिकारका रुपमा सफलतापूर्वक प्रस्तुत गरेको छ । सिमानामा काँडेतारको अर्थ देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता नमिचियोस् भन्ने हो ।’

उहाँले देशभक्ति नेपालीहरुले आफ्नो सार्वभौमसत्ताका लागि आवाज उठाउन तत्पर हुनुपर्ने छ भन्ने सन्देश चलचित्रले दिएको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...