पुरानो बानेश्वरबाट नौ जना जुवाडे पक्राउ

43

काठमाडौँ, २५ असार । काठमाडौँको पुरानो बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरस्थित खोटाङ चिसापानी स्थायी घर भएका ४२ वर्षीय दीपक राईको मनसुन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा दीपक समेत ९ जनालाई सोमबार साँझ पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ९ सय ८० रूपैयाँ ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...