मानव बेचबिखन गरेको आरेपमा एक युवक पक्राउ

15

काठमाडौँ, ११ असार । वैदेशकि रोजगारीको प्रलोभनमा दुबई पुर्‍याइ मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विषेश सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाई गौशालाबाट पक्राउ गरेको हो ।

पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुबईबाट गत चैत्र १९ गते उद्धार गरे पश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने प्रलोभन देखाइ २ लाख ९० हजार रूपैयाँ लिइ गत फागुन ७ गते दुबई पुर्‍याइ घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिइ बिना पारिश्रमिक दैनिक १८ देखि २० घन्टासम्म घरायसी काममा लगाइ चरम श्रम शोषण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...