पोखरेल एआइजीमा बढुवाका लागि सिफारिस

27

काठमाडौँ, १० असार । प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।
सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवम् बढुवा समितिका सदस्य–सचिव बसन्त बहादुर कुँवरले जानकारी गराउनुभयो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार पोखरेललाई सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...