राजनीतिमा अपराधिकरण बढ्यो : शेखर कोइराला [भिडिओ]

10

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको बताउनुभएको छ । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

‘राजनीतिमा अपराधिकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सिआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधिकरण थुप्रै बढीरहेको छ,’ उहाँले भन्नुभयो ।

डा.कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको उल्लेख गर्दै भन्नुभयो, ‘हामी विपक्षमा नै बस्ने हो । सरकारमा जाने कुनै सोच छैन । अन्य दलजस्तो हामीलाई हतारो छैन । आउने भए त्यसै आउँछ । कोसिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन ।’

राजनीति र सरकारको स्थीरता बिना आर्थिक विकास र सुशासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्ने उहाँको जोड थियो । नेपाल दुई ठुला देशको बीचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उहाँको धारणा थियो ।

Share This:
सम्बन्धित खबर
Loading...