कर्णालीलाई अझै पनि विकास र समृद्धिले छुन सकेको छैन : डा.संग्रौला

21

सल्यान, ३० जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कर्णालीलाई अझैपनि लोकतन्त्र, विकास र समृद्धिले छुन नसकेको बताउनुभएको छ । सरकारले यही वर्ष ल्याएको नीति तथा कार्यक्रम र बजेटले पनि कर्णालीलाई छुन नसकेको उहाँको भनाइ छ ।

सल्यानमा आयोजित पत्रकार भेटघाटमा नेता संग्रौलाले आफूहरुको कर्णाली यात्राले पार्टीभित्र नयाँ जीवन जरुरी रहेको पाएको उल्लेख गर्दै पार्टीभित्र अन्तरसंवाद, रुपान्तरण एवम् शुद्धीकरण आवश्यक रहेको बताउनुभयो ।

‘हामी कर्णाली यात्रामा हिँड्दा यहाँका बासिन्दाले लोकतन्त्र र समृद्धिको अनुभुत गर्न नपाएको, कार्यकर्ताहरु अन्यायमा पर्नुभएको पायौँ,’ उहाँले भन्नुभयो । कर्णाली यात्राका क्रममा कांग्रेस पार्टीप्रति जनताले ठुलो अपेक्षा रहेको बताएको उहाँले बताउनुभयो । धेरै जनताको अपेक्षा सरकार र पार्टीले पूरा गर्न नसकेको उहाँको भनाइ थियो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आएको १७ वर्ष बित्यो । तर, कर्णालीले लोकतन्त्रको अनुभूति गर्न पाएन । विकास र समृद्धिले कर्णालीलाई जोड्न सकेन, सरकार फेरियो कर्णालीका जनताको अनुहार फेरिएन, समस्या फेरिएन र गरिबीको रेखामुनी रहेका जनतालाई कांग्रेसले हेर्नुपर्ने प्रस्ताव कर्णालीबासीले राख्नुभएको छ,’ उहाँले भन्नुभयो ।

कांग्रेसले अन्य दलसँग गरेको गठबन्धनले धेरै कार्यकर्ताहरुलाई अन्याय भएको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...