डेढ अर्ब ठगी आरोप लागेका लामा भन्छन्-‘राम्रोसँग फोटो खिच्नुहोस्’

21

काठमाडौँ, २० जेठ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्र बहादुर लामा (सिबी) लाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै दुई दिनअघि पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो ।

कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा लामा पक्राउ परेका हुन् ।

लामाले पत्रकारहरुसँग आफूमाथि झुटो आरोप लागेको बताए । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने बताए ।

उनले भने,‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्‍यो । राम्रोसँग फोटो खिच्नुस् । अब चाहिँ मैले न्याय पाउँछु जस्तो लागेको छ । मलाई आश छ तपाईंहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरेर मलाई न्याय दिनुहुन्छ । प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कान्तिपुरका ८५२ जनाले १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ फिर्ताको माग दिएर लामाविरुद्ध उजुरी हालेका छन् । यो थपिने क्रममा छ । त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्ध समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको छ । पशुपति सेभिङविरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...