अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्‍यो : ज्ञानेन्द्र शाही

72

काठमाडौँ, २० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गर्नुभएको छ ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रकरण सदनमा उठाउनुभएको हो । उहाँले नेपाल अमेरिकाबीचको परराष्ट्र नीतिमा कुनै पनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाई स्वीकार नगर्ने नीतिमै समावेश भए पनि उच्च अदालतले निर्दोष सावित गरेको र आइसिसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसा नदिएकोमा रोष पोख्नुभयो ।

विश्वमा क्रिकेट र फुटवललाई सबैले रुचाउने र यी खेलका माध्यमबाट देशको नाम उँचो हुनेमा जोड दिनुभएका उहाँले क्रिकेटमा बलिया टोलीका खेलाडीलाई समेत पछि पारेका सन्दीपलाई नेपालले दोस्रो पटक विश्वकप खेल्दै गर्दा भिसाका कारण रोक लगाउनु उचित नभएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाललाई संसारभर यदी कसैले चिनाउँछन् भने कि कलाकारले कि खेलाडीले । नेताले होइन । सन्दीपलाई भिसा नदिनु सिंगो देशमाथि अमेरिकाले गरेको अपमान हो ।’ सन्दीप भिसा प्रकरणमा आक्रोशित देखिएका उहाँले परराष्ट्र नीतिमाथि नै प्रश्न उठाउनुभयो ।

‘सभामुखमार्फत् परराष्ट्रमन्त्रीलाई सोध्न चाहान्छु हामीले पञ्चशिलको आधारमा परराष्ट्र नीति बनाएको हो कि पार्टीको कार्यकर्ताको मेनिफेस्टोको आधारमा परराष्ट्र नीति बनाएको ?’ उहाँको प्रश्न थियो ।

Share This:
सम्बन्धित खबर
Loading...