दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न माग

15

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउनुभएको छ ।

बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुहुँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानबिन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरु कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ । त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’

सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कुनैपनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुने गरी गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...