प्राध्यापक विष्टको हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

10

काठमाडौँ, ६ चैत । मिनभवन कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्टको हत्याका मुख्य योजनाकारलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय धर्मराज विष्टको २०६४ असार २६ गते हत्या भएको थियो । उनको हत्यामा सार्वजनिक गरिएकी सोबिता थापासहित थापाका सहोदर भाइ विनोद थापासहित तीन जनाको समूहले कुटपिट गरि सख्त घाइते बनाएका थिए । बेहोस भएका उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो ।

कार्यालयकी डिएसपी सुरक्षा केसीको नेतृत्वको टोलीले थापालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

डिएसपी केसीका अनुसार धर्मराज र सोबिताबीच सामान्य चिनजान थियो । तर, धर्मराजले सोबितालाई बारम्बार जिस्काउने र तनाव दिने गरेका थिए ।

उक्त कुरा सबिताले आफ्ना भाइ बिनोदलाई बताएका थिए । दिदीको कुरा सुनेर बिनोदले आफ्ना साथीहरू रञ्जन खड्का र राजिव पाण्डेलाई बोलाएर कुटपिट गर्ने योजना बनाएको डिएसपी केसीले बताउनुभयो। उहाँका अनुसार योजना बनाएसँगै सबिताले धर्मराजलाई फोन गरी शंखमूल पुलनिर बोलाएकी थिइन् ।

त्यहाँ बिनोद र उनका साथीहरू तयार अवस्थामा बसिरहेका थिए । धर्मराज आएपछि उनीमाथि रड र इँटा ढुंगाले प्रहार गरेर भागेका थिए ।

बिनोद, रञ्जन र राजीव त्यही बेला पक्राउ परेका थिए । उनीहरूले सजाय काटेर छुटिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...