गौशाला–२६ को गोपनियता भंग गरेको आरोपमा एक जना पक्राउ

12

काठमाडौँ, ४ माघ । गौशाला–२६ को व्यक्तिगत गोपनियता भंगगरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।

गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भंग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार बुधबारै काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला–२६ ले ब्युरोमा उजुरी दिइएकी थिइन् ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला–२६ पीडित भएकी युवती हुन् । काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा ८ वर्ष जेल तथा जरिबाना र क्षतिपूर्तिस्वरुप पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...