पोर्चुगल पठाइदिन्छु भनी १० लाख ठगी गर्ने युवती पक्राउ

53

काठमाडौँ, २० पुस । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी करिब १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भइ हाल काठमाडौँ टोखा नगरपालिका ११ मनमैजु बस्ने २२ वर्षीया रचना थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी थापाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने, पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख ३० हजार तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा ९ लाख ९० हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा बुधबार टोखा नगरपालिका–११ मनमैजुबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...