दक्षिण अफ्रिका पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने युवक पक्राउ

29

काठमाडौँ, २५ मङ्सिर । वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु भनी १७ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–७ गौरीघाट बस्ने १८ वर्षीय अञ्जेश गिरी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अञ्जेश गिरीले विजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिने, दक्षिण अफ्रिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक १ लाख २० हजार तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी जम्मा १७ लाख रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा शुक्रबार दिउँसो काठमाडौँ–९ सिनामंगलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका गिरीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...