अमेरिका पठाइदिन्छु भनी ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

47

काठमाडौँ, २४ मङ्सिर । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी ८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–६ स्थायी घर भइ हाल ललितपुर गोदावारी नगरपालिका–१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका अभिषेक श्रेष्ठले नवीन खड्कालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक ३ लाख तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी जम्मा ८ लाख रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा शुक्रबार ललितपुरको लगनखेलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...