वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

22

काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका–५ घर भइ काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

शाहीले सोम्बार तामाङसहित २ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइ प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...