पोर्चुगल पठाइदिन्छु भनी साढे ७ लाख ठगी गर्ने महिला पक्राउ

29

काठमाडौँ, १९ मङ्सिर । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु भनी साढे ७ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-४ स्थायी घर भइ हाल काठमाडौँको तार्केश्वर नगरपालिका–८ बस्ने ४३ वर्षीया सुष्मा कुमारी खड्का रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सुष्मा कुमारीले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने, पोर्चुगल पुगेपछि होटलमा वेटरको काम लगाइदिने र मासिक एक लाख २० हजार तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी जम्मा ७ लाख ५० हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा सोमबार काठमाडौँ महानगरपालिका–३२ बानेश्वरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका सुष्मा कुमारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...