लागुऔषधसहित एक दम्पती पक्राउ

29

नेपालगञ्ज, १८ मंसिर । कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषधसहित एक दम्पती पक्राउ गरेका छन् ।

लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगी (डिएसपी) का अनुसार पक्राउ पर्नेमा ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापा रहेका छन् ।

डिएसपी डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे बा५प ८२१५ नम्बरको जिपसहित उनीहरूबाट १२ किलो ७०४ ग्राम चरेस र २ किलो ११६ ग्राम अफिम बरामद गरेको छ ।

रेवन्त यसअघि पनि विसं २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए ।

तत्कालीन समयमा रेवन्तविरूद्ध बाँके प्रहरीले २०७२ असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायरसमेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दम्पतीविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...