अवैध सामान बरामद

25

विराटनगर, १४ मंसिर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट भन्सार छली नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।

सीमावर्ती क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको रेडिमेड कपडा, माछा, किरानालगायतका सामानहरू बरामद गरेको हो ।

बरामद गरिएका करिब २ लाख ९८ हजार रुपैयाँ बराबरको समान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...