अवैध लागुऔषधसहित २ जना पक्राउ

26

बझाङ, १४ मंसिर । बझाङको दुर्गाथली गाउँपालिका–४ आमरुखबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा केदारस्युँ गाउँपालिका–९ बस्ने २९ वर्षीय प्रेम बहादुर बोहरा र सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय सुनिल बोहरा रहेका छन् । उनीहरूको साथबाट ६ किलो ६० ग्राम लागुऔषध बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय दुर्घाथलीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प १४४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...