दुई फरार प्रतिवादी पक्राउ

14

उदयपुर, ८ मंसिर । जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले बिहीबार दुई जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारीअनुसार जारी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १५ दिन कैद र १ हजार रूपैयाँ जरिबाना तोकिएका बेलका नगरपालिका–३ बस्ने महेन्द्र कुमार राई र सोही नगरपालिका–४ बस्ने मायादेवी बस्नेतलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाएको हो ।

उनीहरू दुवै जना आ–आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...