प्रहरीले गोली हानेर बाँकेमा एक जनालाई लियो नियन्त्रणमा

88

काठमाडौँ, १ मंसिर । बाँके प्रहरीले गोली हानेर शुक्रबार एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरका ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको हो ।

उनको खुट्टामा गोली लागेको छ । घुँडामा गोली लागेका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । राना आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

दुई दिनअघि कोहलपुर नगरपालिका–१२ चप्परगौडीका २९ वर्षीय मीन बहादुर विकमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि फरार रानाको खोजीमा खटिएको प्रहरी टोली देखेपश्चात उनी भाग्ने कोसिस गरेका थिए । त्यसपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रानाविरूद्ध कात्तिक २८ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको जाहेरीसमेत दर्ता भएको र २०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागुऔषध ब्राउनसुगर मुद्दामा कैद सजाय भइ २०७९ भदौ २७ गते कैदमुक्त भएको खुल्न आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...