बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

42

काठमाडौँ, २० कात्तिक । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१८ घर भइ हाल काठमाडौँको कलंकी बस्ने ५१ वर्षीय गणेशमान श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले अम्बर बहादुर राईको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७९ फागुन १६ गते सात दिन कैद र बिगो २० लाख रूपैयाँ जरीबाना तोकिएको थियो ।

फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कात्तिक १८ गते चावहिलबाट पक्राउ गरेको हो । उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...