सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

33

काठमाडौँ, २९ असोज । मोरङमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना ट्रक चालक र सहचालक पक्राउ परेका छन् । उनीहरूले २५ वर्षीया महिलालाई शनिबार राति मोरङको बरगाछिस्थित चौरमा बलात्कार गरेको आरोप छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–११ तुल्ही बस्ने २० वर्षीय विनोद चौहान, सोही ठाउँका ४० वर्षीय टेकबहादुर तामाङ र एक जना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए ।

उनीहरूविरूद्ध जबरजस्ती करणीअन्तर्गत जिल्ला अदालतबाट म्याद लिइ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

२८ गते राति साढे ११ बजे उनीहरूले सामूहिक बलात्कार गर्दा महिला चिच्याएपछि स्थानीयले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्काल ती महिलालाई उद्धार गरी बलात्कारमा संलग्नलाई पक्राउ गरेको हो ।

ती महिलाले ३ जनाविरूद्ध बलात्कारको आरोपमा किटानी जाहेरी दिएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...