आफूलाई इटालीको नागरिक बताएर लाखौँ ठगी गर्ने सनिषा मल्ला पक्राउ

171

काठमाडौँ, २५ असोज । सामाजिक सञ्जालमार्फत् अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् ।

प्रहरीका अनुसार उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आफू इटालीको नागरिक रहेको बताउने गर्थिन् । त्यसपछि विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र ५ हजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।

आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने बताउँथिन् । पीडितलाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक–पटक गरी १७ लाख १५ हजनर रूपैयाँ पठाउन लगाएर उनले ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...