अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

18

काठमाडौँ, १९ असोज । अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई पक्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार इन्टरनेटको दुरूपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलहरू खेली/खेलाइ सहभागी भएकाले नेपाल राष्ट्र बैंकको नियमविपरीत गैरकानुनीरूपमा २४ करोड १५ लाख १७ हजार १३८ रूपैयाँ बराबर रकमको कारोबार गर्ने कार्यमा संलग्न रहेको आधारमा उनलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको एसपी रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...