११ किलो सुन तस्करी प्रकरण : थप एक जना चिनियाँ पक्राउ

23

काठमाडौँ, १८ असोज । दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौँको स्वयम्भुबाट बुधबार थप एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुवानका तासी दावा भनिने आगर लामा रहेको सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार दोलखा सुन तस्करीमा निजको संलग्नताको अनुसन्धानका लागि उनलाई स्वयम्भुबाट पक्राउ गरिएको हो ।

यसअघि सिआइबीले काठमाडौँका विभिन्न स्थानबाट एक जना चिनियाँ नागरिकसहित ३ जना नेपालीलाई पक्राउ गरेको थियो ।

यही असोज ११ गते पहिलोपटक दोलखाको सिंगटीमा ४ किलो सुन बरामद गरिएको थियो । त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । .

Share This:
सम्बन्धित खबर
Loading...