मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

19

काठमाडौँ, १५ असोज । मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई काठमाडौँको पुरानो बानेश्वरबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ घर भइ काठमाडौँको बेँसीगाउँ बस्ने २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका–४ घर भइ बेँसीगाउँमा नै बस्ने २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ घर भइ काठमाडौँको जोरपाटी बस्ने २६ वर्षीय प्रेम रसाइलीलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२–०३४प ०९१८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइक भक्तपुरको लोकन्थलीबाट गत भदौ ९ गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३७प २४७७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी चोरीमा संलग्न ३ जनालाई पुरानो बानेश्वरबाट आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएसँगै तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...