काठमाडौँ, १५ असोज । जापान पठाइदिन्छु भनी ४६ लाख ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको लेटाङ नगरपालिका–२ घर भइ हाल धुम्बाराही बस्ने ५० वर्षीय डिल्लीराम खतिवडालाई पक्राउ गरेको हो ।
उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने बहानामा ४६ लाख रूपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएसँगै खोजतलासका क्रममा काठमाडौँ–३२ कोटेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।