मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

20

काठमाडौँ, ६ असोज । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले पक्राउ परेका धनबहादुरले डोटीकै कृष्णबहादुर बोगटीलाई मलेसियामा मासिक ६० हजार हुने प्रलोभनमा पारी ३ लाख ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

३ लाख ठगी गरेर फरार रहेका धनबहादुरलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी गरेसँगै पक्राउ गरिएको पवक्ता रेग्मीले बताए ।

पक्राउ परेका धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...