अर्काको मोबाइल नम्बर आफ्नो नाममा सारेर रकम चोरी गर्ने पक्राउ

22

काठमाडौँ, १ असोज । अर्काको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना युवकलाई ठगी आरोपमा पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

काभ्रे पाँचखाल नगरपालिका–६ घर भइ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन् । उनले एक व्यक्तिको मोबाइल बैंकिङमा पहुँच पुर्‍याएर ६ लाख २ हजार ५४८ रूपैयाँ ठगी गरेको आरोप छ ।

एसपी रेग्मीका अनुसार पीडितले प्रयोग गर्दै आएको मोबाइल नम्बर उनले आफ्नो नाममा नामसारी गरेका थिए । उनले नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा पहुँच पुर्‍याएको एसपी रेग्मीले बताए ।

त्यसरी ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...