अल्वानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

13

काठमाडौँ, २७ भदौ । अल्वानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड–४ स्थित स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने २५ वर्षीया सुधा चौधरी रहेकी छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार सिनामंगलबाट पक्राउ गरिएको हो ।

चौधरीले वैदेशिक रोजगारीका लागि अल्वानिया पठाइदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी पटक–पटक गरी २ लाख ७२ हजार लिइ सम्पर्कविहीन भएकी थिइन् ।

पक्राउ परेकी चौधरीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...