स्रोत नखुलेको तीन लाखसहित भारतीय नागरिक पक्राउ

15

नेपालगञ्ज, २७ भदौ । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युपी ३२ एलएच ३७०४ नम्बरको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म जमुनाहाले जनाएको छ ।

भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अमहदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका उनलाई बारमद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।

मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...