सूर्यदर्शन सहकारीका कोषाध्यक्ष ललितपुरबाट पक्राउ

15

काठमाडौँ, २५ भदौ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उनलाई ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरिएको हो । उनीसहित ७ जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चाकल समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले बताए । उनीहरूले एक अर्ब ७ करोड बढी रकम हिनामिना गरेको आरोप छ ।

साउन ३२ गते कार्यलयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

निक्षेपकर्ताहरूले बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवम् ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...