नक्कली फेसबुक आइडीबाट चरित्र हत्या गर्ने पक्राउ

23

काठमाडौँ, १४ भदौ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडिओ राखी चरित्र हत्या गर्ने अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय शुशन चौगुठी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा टेकी साथीहरूलाई साथी बनाइ नजिक भई प्रेमजालमा पारी विभिन्न बहानामा फोटो तथा भिडिओ खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडिओको दुरूपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त फोटो तथा भिडिओ सार्वजनिक गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही फोटो तथा भिडिओ पीडितका आफन्तलाई समेत पठाई चरित्र हत्या गर्ने कार्यमा संलग्न रही विद्युतीय कारोबार ऐन, २०६३ विपरीत कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो ।

पक्रउ परेका चौगुठीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...