कटुवा पेस्तोलसहित किशोर पक्राउ

17

इनरूवा, १२ भदौ । सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

बर्जु–६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउन्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।

तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...