नेदरल्यान्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

29

काठमाडौँ, ११ साउन । नेदरल्यान्ड्स पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–११ घर भई हाल ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आइतबार नखिपोटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी गुरूङमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी गुरूङले रविन चौधरीलाई वैदेशिक रोजगारीका लागि नेदरल्यान्ड्स पठाइदिने र त्यसका लागि ९ लाख लाग्ने तथा नेदरल्यान्ड्स पुगेपछि सुपर मार्केटमा काम लगाइदिने र मासिक १ लाखभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी ३ लाख ४५ हजार लिइ सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा आइतबार नखिपोटबाट पक्राउ गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...