पेस्तोल र गोलीसहित युवक पक्राउ

23

काठमाडौँ, १० भदौ । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट ‘मेड इन युएसए’ लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको ४ राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर ५ वर्ष कैद भुक्तानी गरिसकेको परिसरका प्रमुख खत्रीले बताए ।

पक्राउ परेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...