मुद्रासहित विदेशी नागरिक पक्राउ

22

काठमाडौँ, ८ भदौ । त्रिभुवन विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनका अनुसार निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार २०० अमेरिकी डलर र एक हजार दरका ३०० थान, पाँच सय दरको एक हजार १०० थान गरी ८ लाख ५० हजार नेपाली रूपैयाँसहित बिहीबार पक्राउ गरिएको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जानल लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निजलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...