दुई किलो सुनसहित दुई जना पक्राउ

29

रसुवा, ४ भदौ । नेपालको उत्तारीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ ।

दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्मा पौडेलका अनुसार सुन पठाउने उनका सहयोगी सिन्धुपाल्चोक जिल्ला भोटेकोशी–१ बगाम घर भई रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे बस्दै आएका ३० वर्षका फुसाङ्बो शेर्पा पनि पक्राउ परेका छन् ।

मेटालर वान किलो गोल्ड लेखिएको एक–एक किलोका दुई डल्ला रहेको र सुनको बजार मूल्य भने एक करोड ८९ लाख रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुन परीक्षण गर्न र अवैध क्रियाकलाप गर्ने दुई शेर्पा उपर कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौँमा पठाइसकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...