सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

32

काठमाडौँ, २७ साउन । एक सय किलो सुन तस्करी प्रकरणमा समातिएका दुई चिनियाँ नागरिकलाई प्रहरीले रिहा गरेको छ । सुन तस्करीमा संलग्न भएको आशंकामा समातिएका उनीहरू संलग्न भएको नदेखिएकाले छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

“उनीहरूको नाम मिल्दोजुल्दो भएकाले अध्यागमन विभागले नियन्त्रणमा लिएर सिआइबीमा बुझाएको थियो । तर, अनुसन्धान गर्दा उनीहरू त्यसमा संलग्न नभएको पाइएपछि छाडिएको हो,” प्रवक्ता कडायतले बताए । रिहा हुनेमा ली जियालिङ र लिउ फुयान रहेका छन् ।

शुक्रबार बिहान हिमालय एयरको उडानबाट चीन जान लागेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । त्यसअघि पक्राउ परेकाहरू भने प्रहरी हिरासतमै रहेका छन् । उनीहरूमाथि अनुसन्धान जारी रहेको जनाइएको छ ।

हङकङबाट ल्याइएको करिब एक सय किलो सुन साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अहिले उक्त प्रकरण सिआइबीले अनुसन्धान गरिहेको छ ।

सम्बन्धित समाचार

Share This:
सम्बन्धित खबर
Loading...