सिआइबीको अपरेसन ‘फोक्सट्रोट चार्ली’ : थप दुई चिकित्सक पक्राउ

28

काठमाडौँ, २६ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’मा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका मनित चौधरीलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।

उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरूद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...