सङ्खुवासभाको भोटखोलामा एक हजार क्विन्टल चामल पठाइँदै

110

खाँदबारी, १९ साउन । खाद्य समस्या झेल्दै आएको सङ्खुवासभाको भोटखोला क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक हजार क्विन्टल चामल पठाउने तयारी गरेको छ । खाद्यले सोना मन्सुली र स्टिम जिरा चामल सहुलियत मूल्यमा भोटखोला पठाउन लागेको हो ।

खाद्यका प्रमुख राजबहादुर राईका अनुसार भोटखोलाको हटियामा ढुवानी अनुदानको सोना मन्सुरी ५२ र स्टिम जिरा ९० रूपैयाँ प्रतिकिलोमा स्थानीयलाई बेचिनेछ ।

चीन सरकारले किमाथांका नाका बन्द गरेपछि चिनियाँ बजारबाट भोटखोलामा खाद्यान्न आयात हुन नसक्दा खाद्यान्न अभाव हुने गरेको छ । सडक अभाव देखाउँदै खाद्यले भदौ अन्तिमसम्ममा मात्रै भोटखोलामा अनुदानको चामल ढुवानी गरिसक्ने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...