घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ

26

काठमाडौँ, ११ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी विभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिइ सकेको अवस्थामा आयोगको टोलीले बुढानिलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...