सङ्खुवासभामा विस्थापितलाई राहत

80

खाँदबारी, ८ असार । सङ्खुवासभामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई रातह वितरण गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो । बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत विमल पौडेलले जानकारी दिए ।

परिवारका सदस्य पाँच जनाभन्दा कम भएको विस्थापित परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी भएकालाई २० हजार वितरण गरिएको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार पाँचखपन नगरपालिकामा चार परिवारलाई ७० हजार, चैनपुर नगरपालिका नगरपालिकामा नौ परिवारलाई एक लाख ४० हजार तथा सभापोखरी गाउँपालिकामा दुई परिवारलाई ३० हजार वितरण गरिएको छ ।

विस्थापित भएका अन्यलाई पनि चाँडै राहत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी पहिरोबाट विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट २० जनामध्ये १६ जना सुपर हेँवाखोला हाइड्रोपावरका, अपर हेँवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभापोखरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन् ।

बाढी पहिरोका कारण जिल्लाका आठ हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...