मुहान सुकेपछि खाँदबारीमा दमकलबाट पानी वितरण

59

खाँदबारी, २९ जेठ । सुख्खा लागेर पानीको मुहान सुकेपछि सङ्खुवासभाको खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुरू गरेको छ ।

खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर शुक्रबारदेखि बजारबासीलाई पानी वितरण सुरू गरिएको नगर प्रमुख महेश थपलियाले बताए । दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार वितरण भइरहेको छ ।

नगरपालिकाले खाँदबारीमा रहेको सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरू गरेको छ । शुक्रबारदेखि दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा दमकलबाट पुर्‍याइएको नगरपालिकाले जनाएको । खाँदबारीमा ल्याइएको खानेपानीको मुहान सुकेकाले नगर क्षेत्रमा पानीको हाहाकार भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...