एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

65

काठमाडौँ, २ जेठ । नेकपा (एमाले) मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारबाट बाहिरिएको लामो समयपछि एमालेले समर्थन पनि फिर्ता लिएको हो । एमालेले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने छ । तथापि, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलको समर्थन पाइरहेका मुख्यमन्त्री यादवसँग बहुमत छ ।

Share This:
सम्बन्धित खबर
Loading...