मेयर हर्क सम्पाङविरूद्ध सुनसरीका पत्रकार आन्दोलित

50

काठमाडौँ, २९ वैशाख । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरूद्ध सुनसरीका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।

मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारको विरोध गर्न समर्थकलाई उक्साएको आरोप लगाउँदै महासंघले आफूहरूको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

उनीहरूले मेयर साम्पाङबाट आफूहरूलाई असुरक्षा भएको भन्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

सामाजिक सञ्जालमा समेत मेयर साम्पाङले पत्रकारविरूद्ध आफ्ना समर्थकहरूलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए ।

मेयर साम्पाङविरूद्ध सुनसरी शाखाको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समितिसमेतले ऐक्यवद्धता जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...