मकालु गाउँपालिकाको जिप दुर्घटना, तीन जना घाइते

339

खाँदबारी, २७ वैशाख । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ स्थित धजे स्कुल नजिकै जिप दुर्घटना भएको छ ।

मकालु गाउँपालिकाको को१झ ७०० नम्बरको बोलेरो जिप नुमबाट सदरमुकाम खाँदाबारी आउँदै गर्दा दुर्घटना भएको हो । उक्त जिप सडकदेखि करिब ५० मिटर तल खसेको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए ।

दुर्घटनामा चालक लोकेन्द्र तामाङ, इञ्जिनियर गायत्री घिमिरे र दिनेश पराजुली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सामान्य चोट लागेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...