बाजुरा केन्द्रबिन्दु भएर तीन पटक भूकम्प

190

काठमाडौँ, १५ वैशाख । बाजुरा जिल्लाको दहकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ः३० बजे ५.९ र राति १ बजेर ५१ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ ।

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...